sajalsandesh

विराट कोहली, हार्दिक पाण्ड्या र रशिद खानभन्दा अगाडि पारस खड्का

काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी-२० को नयाँ वरीयता सार्वजनिक गरेको छ । उक्त वरियतामा नेपालका ४ खेलाडीहरु पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने अटाएका छन् ।

अलराउण्डरतर्फ पारस २५ औँ स्थानमा यथावत रहँदै अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डया, दक्षिण अफ्रिकाका क्रिस मोरिसभन्दा शक्तिशाली सावित गरेका छन् ।

त्यस्तै, अलराउण्डरतर्फ करण ७४ औँ स्थानबाट ७५ औँ स्थानमा झरेका छन् भने सोमपाल कामी ६८ औँ स्थानमा पुगेका छन् ।

ब्याटिङतर्फ पारस ६० औँ स्थानमा यथावत रहँदा बलिङको वरीयतामा सन्दीप ८४ औँ स्थानमा टिकेका छन् ।

ismt college
dish home