sajalsandesh

गौरादह जेसिस अध्यक्षमा श्रेष्ठ

गौरादह – गौरादह जेसिसको अध्यक्षमा तारा कुमार श्रेष्ठ चुनिएका छन् । गौरादह जेसिस वर्ष २०२० का लागि भएको नयाँ कार्य समिति चयनको चुनावी प्रकृयाबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

नयाँ कार्य समितिको कार्यकारिणी उपाध्यक्षमा भानु आचार्य र योग प्रसाद आचार्य ( योगेश ) रहेका छन् । उपाध्यक्षमा दिपेस पोखरेल, दुर्लभ कार्की, युवराज बास्तोला र सरिता कार्की चयन भएका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा धुर्ब अधिकारी चयन भएका छन ।

जेसिस गौरादहको नयाँ कार्य समितिले जेसिस मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै संगठनात्मक हक र हीतको सवालमा काम गर्ने प्रतिवद्धता जनाएको छ ।

गौरादह जेसिसको नयाँ कार्य समितिका सबै पदाधिकारी निर्विरोध चयन भएको पूर्व अध्यक्ष कोमल ढुंगानाले बताए । नयाँ कार्यसमिति गौरादह जेसिसको ८ औं वार्षिक साधारण सभा पछिको चुनावी प्रकृयाबाट चयन भएको हो ।

ismt college
dish home