नेपाल रहदा झाङ्गिएको प्रेमले मलेशियामा लियो प्राण।

२०७६ पुष २६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्वालालम्पुर – मलेसियाको सेलाङ्गोर राज्य क्लाङ्ग क्षेत्र स्थित जि.टि कम्पनीमा कार्यरत एकजना नेपाली मजदुरले शुक्रबार राती पासो लगाई आ त्मह त्या गरेका छन। नेपालको बारा जिल्ला बारागढी गाउँपालिका ४ नम्बर वडा सुखीपाथरा गाउँमा स्थायी बसोबास गरिरहेका प्रभु चौधरीले मलेशियामा आफू बस्ने होस्टेलको खिर्किको रडमा रसिले पा सो लगाई आ त्मह त्या गरेका हुन् ।

घट्नाबारे परिवार सङ्ग सम्पर्क गरि बुझ्दा मृ तक चौधरी लामो समय देखि एकजना युवती सङ्ग प्रेम सम्बन्धमा रहेको र मानसिक त नाबको कारण छोरोले यस्तो निर्णय लिएको हुन सक्ने उनका पिता बिरेन्द्र चौधरीले टेलिफोन सम्पर्कमा जानकारी दिए। भने घट्ना घट्न अघी प्रभु चौधरी एक महिना अगाडि मात्रै छुट्टि का टेर पुनः मलेशिया फर्केका थिए।

सोही कम्पनीमा सङ्गै काम गर्ने र सङै होस्टेलमा बस्ने साथिहरुका अनुसार शुक्रबार राती अबेर सम्म नेपालमा रहेका एक जना साथीसंग फोनमा कुरा गरिरहेको बेला निकै त नावमा देखिएको थियो। आत्महत्याको कारण प्रेम सम्बन्धनै हुन सक्ने उनका साथिहरुको पनि श ङ्का छ।

हाल यो समाचार तयार हुदा सम्म शवलाई पो स्टमा र्टमका लागि स्थानीय अस्पताल लैजाने तयारी भईरहेको थियो। पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि कम्पनी र नेपाली दूतावासको पहलमा पार्थिव शरीरलाई नाता प्रमाणीकरण लगत्तै नेपाल पठाईने जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार