sajalsandesh

मिल मालिक का‌ंग्रेस नेता कनोडियाले तिरे उखु किसानको १२ करोड‍ रुपैयाँ

तर पालना भएन निर्देशन

काठमाडौं – कांग्रेस प्रदेश पाँचका सांसद तथा चिनी उद्योगी वीरेन्द्र कनौडियाले १२ करोड रुपैयाँ उखु किसानको खातामा जम्मा गरेको बताएका छन्। १२ करोड रुपैयाँ जम्म गरिसकेको विषयमा आफ्नो पार्टी कार्यालयलाई जानकारी गराएको कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले गराएका छन्।

शर्माका बक्यौता बाकी १८ रकोड रुपैयाँमध्ये १२ करोड रुपैयाँ किसानको खातामा हाल्दिएको जानकारी आएको हो। प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै लेखेका छन्, ‘उखु किसानको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ, अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धता पनि पार्टीसँग व्यक्त गर्नुभएको छ।’

तर, उनलाई यसअघि पार्टीले पुस २५ गतेभित्र सबै रकम भुक्तानी गरि पार्टीलाई जानकारी गराउन निर्देशन दिएको थियो। उनले उद्योग मन्त्रालयमा पनि सबै रकम पुस २५ गतेभित्र भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए। वर्षौँदेखिको किसानको बक्यौता चिनी उद्योगीले नबुझाएपछि किसान काठमाडौंमा आएर आन्दोलन गरेका थिए।

त्यसलगत्तै कांग्रेस सांसदले नै ठूलो रकम नतिरेको पाइएपछि कांग्रेसमाथि समेत दबाब परेको थियो। सरकारले उखु किसानसँगै माग ७ गतेसम्म सबै रकम भुक्तानीको व्यवस्था मिलाउने गरी सहमति गरेको छ।

ismt college
dish home