sajalsandesh

लेटाङ खानेपानीमा कांग्रेसको प्यानलनै विजयी,अध्यक्षमा मगर

लेटाङ(मोरङ)- मोरङको लेटाङस्थित खानेपानी तथा सरसफाई जल उपभोक्ता संस्थाको शुक्रबार भएको निर्वाचनमा ३१ मत प्राप्त गर्दै लोकतान्त्रिक समूहका उम्मेद्वार सूर्य गिनेल मगर अध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रगतिशील समूहका उम्मेद्वार ज्वाला प्रसाद कोइरालाले २६ मत प्राप्त गर्नुभयो । यस्ते उपाध्यक्षमा सीता श्रेष्ठ ३० मत सहित विजयी हुनु भएको छ ।

श्रेष्ठका प्रतिद्वन्द्वी लोकबहादुर सुवेदीले २५ मत पाउनु भयो । यस्तै कोषाध्यक्षमा जानुका राई ३० मत पाएर विजयी हुनुभयो ।

कोषाध्यक्षका प्रगतिशील उम्मेद्वार शोभा वोहोराले २५ मत पाउनु भयो । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दिनेशकुमार श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले ३० मत पाउनु भयो भने उहाँका प्रतिद्वन्द्वी नगेन्द्रप्रसाद घिमिरेले २५ मत प्राप्त गर्नुभयो । समितिको सचिवमा राजकुमार उदास, सह सचिवमा मनोजकुमार शाक्य यसअघि निर्विरोध निर्वाचित भइसक्नु भएको थियो ।

यसैगरी लेखा तथा सपरिवेक्षण समितिको सदस्यमा पनि लोकनारायण प्रधान र शोभा खनाल निर्विरोध निर्वाचित भइसक्नु भएको थियो । निर्वाचनमा ५५ जना परिषद सदस्यहरूले मतदान गर्नु भएको थियो ।

प्रदेश नं. १ का प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले अझै पनि शुद्ध पिउने पानी सर्वसाधरणको पहुँचमा पुग्न नसकेको बताउनु भएको छ । शुक्रबार मोरङको लेटाङस्थित खानेपानी तथा सरसफाई जल उपभोक्ता संस्थाको सातौं साधारणसभामा बोल्दै उपाध्यक्ष प्याकुरेलले यस्तो बताउनु भएको हो ।

उहाँले पैसाको अभावमा खानेपानीको धारा जडान गर्न नसक्नेहरूका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । खानेपानीलाई सवै सुलभ र व्यवस्थित बनाउन ऋण सहयोग लिएर भएपनि सोलार पम्म जडान गर्न आवश्यक भएको औंल्याउँदै आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले लेटाङ अनुपम सम्पदा , अपार सम्भावना भएको क्षेत्र भएको बताउँदै यि सम्पदालाई आर्थिक उपार्जनमा जोड्न सकिने बताउनु भयो ।

खानेपानी तथा सरसफाई जल उपभोक्ता संस्थाका अध्यक्ष समेत रहनु भएका लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले लेटाङमा सांस्कृतिक ,धार्मिक र प्राकृतिक पर्यटकीय केन्द्रहरू धेरै भए पनि तिनको उचित प्रबद्र्धन गर्न बजेटको अभाव रहेको बताउनु भयो । जता जे देख्यो , त्यही काम गरि हाल्न मन लाग्छ , तर बजेटको अभाव छ ।

कर तिर्न सक्षम नगरवासीको अभाव छ । उहाँले भन्नुभयो –आधा भूगोल पहाडी क्षेत्र छ । राज्यले जनसङ्ख्यालाई मात्र आधार मानेर बजेट पठाउँछ । नगर प्रमुख राईको भनाई थियो– समानुपातिक रुपमा बजेट प्राप्त भए लेटाङका सबै पर्यटकीय क्षेत्रलाई आर्थिक उपार्जनमा जोड्न सकिने थियो ।

साधारण सभामा लेटाङ नगरपालिकाका उप मेयर कृष्णकुमारी निरौला लगायतले बोल्नु भएको थियो ।

ismt college
dish home