sajalsandesh

मलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्छु – तुम्बाहाम्फे

काठमाडौं – उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा भेटेकी छन् र राजीनामा नदिने अडान लिएकी छन् ।

यति मात्र होइन, भोलिसम्म आफूलाई सभामुख बनाउने निर्णय नगरे संसद बैठक सञ्चालन गरेर सभामुखको चुनावी प्रक्रिया अगाडि बढाउने चेता वनी दिएकी छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले १५ असोजमा राजीनामा दिएका थिए । तर संसदले नयाँ सभामुख पाउन सकेको छैन । सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा ठूलो विवा द छ । अध्यक्षद्वय ओली र प्रचण्डको बीचमा पूर्व एमाले कि पूर्व माओवादीबाट सभामुख भन्ने बहस त छँदैछ, उपसभामुख तुम्बाहाम्फेले आफू सभामुख हुनुपर्ने अडान लिएकी छन् ।

ismt college
dish home