आज राति लाग्ने भनिएको चन्द्रगहण कस्तो हो ?

२०७६ पुष २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – आज शुक्रबार राति चार घन्टाभन्दा बढी समय चन्द्रग्रहण लाग्ने भएको छ। राति दस बजेर ५२ मिनेटमा चन्द्रगहण सुरु हुन्छ । राति २ बजेर ५६ मिनेटमा सकिने यो ग्रहण सन् २०२० को पहिलो चन्द्रग्रहण हो, यो अनौठो हुनेछ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आजको चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘पेनम्ब्रल चन्द्रग्रहण हो, जुन नांगो आँखाले हेर्न सकिन्छ, हेर्दा ग्रहण लागेको ठम्याउन सकिन्न।’

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो।

यस्तो छाया दुई प्रकारको हुन्छ, सघन र विरल। यदि चन्द्रमामा पृथ्वीको सघन छाया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। यो ग्रहण नांगो आँखाले छुट्याउन नसक्ने हुनाले पात्रोमा उल्लेख गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार