भाउजूलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा बेलबारीबाट एक जना प क्राउ

२०७६ पुष २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङ – आफ्नै भाउजुलाई ढुङ्गा प्र हार गरी गम्भीर घाइ ते बनाएको अ भियोगमा बेलबारीका एक व्यक्ति प क्रा उ परेका छन् । बेलबारी नगरपालिका–७ केराटोल का ४० वर्षीय जगतबहादुर परियारलाई प्रहरीले प क्रा उ गरेको हो ।

घरायसी बि वाद हुँदा जगतबहादुरले आफ्नै ३५ वर्षीया भाउजुलाई ढुङ्गा प्र हार गरी ग म्भीर घा इते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई प क्रा उ गरेको हो ।

घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अ नुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार