sajalsandesh

महासेठको मन्त्री पद यसरी पो गुमेको रहेछ..

काठमाडौं – रसियाबाट तेलको पैसा ल्याएर नेपालमा मिडिया, अस्पताल र हाइड्रो पावरको क्षेत्रमा लगानी गरेका एनआरएनएका पूर्वअध्यक्ष एवम् व्यापारी उपेन्द्र महतोका कारण ज्वाइँको मन्त्री पद नै फुत्किएको चर्चा चलेको छ । महतोले ‘नेपालका प्रधानमन्त्री र मन्त्रीहरू मेरो गोजीमा हुन्छन्, मैले मन्त्रीहरू बनाउने हैसियत राख्छु’ भनेर दिएको गफको भर पर्दा उनका ज्वाँई भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले मन्त्री पद फुत्काउनु परेको यथार्थ महासेठले नै साथीहरुसँग सार्वजनिक गर्न थालेका छन् ।

केही महिनाअघि काठमाडौंमा भएको एक जमघटमा वि वादास्प द व्यापारी महतोले प्रधानमन्त्री केपी शर्मा ओलीवि रुद्ध पनि अभिव्यक्ति दिँदै मन्त्री बनाउने हैसियत आफूमा रहेको भनेर गफ दिएका थिए ।

स्रोतका अनुसार महतोको त्यो गफ ओली निकटका एकजना मन्त्रीले सुनेपछि त्यो कुरा ओलीको कानमा पुग्यो । वि वादास्पद व्यापारी महतोका कुरा सुनेर आगो बनेका ओलीले रघुवीर महासेठलाई मन्त्री पदबाट चि प्ल्या इदिएको अहिले महासेठले नै बाहिर भन्न थालेपछि यथार्थ बाहिर आएको हो ।

महासेठ नाताले महतोका ज्वाइँ पर्छन् । महासेठ र उनकी पत्नी जुली दुबै प्रतिनिधि सभामा नेकपाका सांसद छन् । महतोले आफ्नो हैसियत भुल्दा अञ्जानमा आफ्नै ज्वाइँको मन्त्री पद खाइदिएका छन् । पछिल्लो समय महतोले प्रधानमन्त्री ओलीसँग आफूले पंगा लिएर गल्ती गरेको बताउने गरेका छन् । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई तह लगाउन ओलीले महासेठलाई मन्त्री बनाएका थिए । केही निर्णयमा बाहेक महासेठले राम्रो खासै काम गरेका थिएनन् ।

महासेठका विरोधीहरूले गलत प्रचार गरेपनि ओलीले भने उनलाई च्यापेका थिए । उचित मूल्यांकन हुँदाहुँदै महासेठलाई महतोका कारण हटाउन ओली बा ध्य भएको चर्चा छ । महतोको ललितपुरमा रहेको मेडिसिटी अस्पतालले बागमती नदीको जग्गा मिचेको छ । ओलीले अस्पतालले जग्गा मिचेको उक्त फाइल खोल्न सरोकारवाला निकायलाई निर्देशत दिने तयारी गरेका छन् ।

ओलीले साँच्चै आफूलाई सक्रिय बनाए भने महतोका दिनगन्ती शुरु हुने देखिन्छ । गैरआवासिय नेपाली महतो नेपालमा लगानी गरेर अवैध रुपमा डलर विदेश लैजाने धन्दामा पनि सक्रिय छन् । हालको एनसेलल (तत्कालिन स्पाइस नेपाल) मा रसियन प्रविधि भित्र्याउने नाममा महतोले अवैध रुपमा डलर विदेश पठाई देशको राजश्वमा हानी पु¥याएका थिए ।

पछिल्लो समय उनी आफ्नो मित उपेन्द्रकान्त अर्याललाई अख्तियार दु रुपयोग अ नुसन्धान आयोगको आयुक्त बनाउन दलाल दिपक तिमिल्सिनामार्फत चलखेल गरिरहेका छन् । तिमिल्सिना अदालतदेखि प्रधानमन्त्री कार्यालयसम्म चलखेल गर्ने वि चौलिया हुन् ।

ismt college
dish home