sajalsandesh

घट्यो आज सुनचाँदीको भाउ

काठमाण्डौ – हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा एक हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँ घटेको हो । अमेरिका र ईरानबीचको तनावका कारण बढेको सुनको भाउ दुई देशबीचको तनाव मत्थर हुँदै गएपछि भाउ घट्दै गएको महासङ्घअन्तर्गतको सुनको भाउ निर्धारण समितिले जनाएको छ ।

यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको छ ।

ismt college
dish home