sajalsandesh

मिडिया विधेयक आएमा गगन थापा मात्रै होइन, भीम रावलदेखि रामकुमारी झाँक्रीसम्म थुनिन्छन

काठमाडौं – नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले बिहीबार सरकारले ल्याउन लागेको सूचना तथा प्रविधि कानुनको विरोध जनाएको छ । सूचना तथा प्रविधि विधेयक संसदमा विचारधीन अवस्थामा रहेको छ । संसदीय समितिबाट पारित गरिसकेको सो विधेयक कानुनको रुपमा आए जनताले बोल्नसमेत डराउनु पर्ने र बोलेकैभरमा जेल जीवन बिताउन र १५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनेछ ।

यसको चौतर्फी विरोध भइरहेका बेला बिहीबार नेविसंघले माइतीघर मण्डलामा विरोधको कार्यक्रम गरेको थियो । जसलाई कांग्रेस नेता गगन थापाले पनि सम्बोधन गरे । सम्बोधनका क्रममा उनले कांग्रेसका प्रदीप पौडेल, गगन थापा र नेविसंघका कुन्दन काफ्ले मात्रै होइन सत्तारुढ नेकपाकै नेता भीम रावलदेखि रामकुमारी झाँक्रीसमेत जेल पर्न सक्ने बताए ।

बहुमतको सरकारको जनपक्षीय निर्णय गर्नुपर्नेमा उल्टै जनतालाई बोल्न र आलोचनासमेत गर्न नदिने गरी कानुन ल्याउन लागेको भन्दै उनलाई सबैलाई सचेत रहन आग्रह ।

ismt college
dish home