सञ्चारमन्त्रीलाई गगन थापाको चुनौती

२०७६ पुष २४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकबारे आफूहरु सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी गरिएको टिप्पणी गरिएको भनी दिएको सार्वजनिक अभिव्यक्तिको वि रोध गर्दै थापाले विधेयकमाथि बहस गर्न चुनौती दिए ।

‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो ? हामी तयार छौं ।’ उनले सञ्चारमन्त्रीकै शैलीमा भने ‘नपढी आयो भनेर हामीलाई हेप्नी ?’

विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले गरेको विरोध कार्यक्रममा थापाले प्रधानमन्त्रीले काम गर्न नसकेका कारण विरोधीको मुख थुन्न यो विधेयक ल्याएको टिप्पणी गरे ।

‘प्रधानमन्त्री लुते भएर यो विधेयक आएको छ, काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको गालीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार