sajalsandesh

नेपालमा चल्दैछ रेल, चालक र सहचालक बन्न योग्यता कति ? लाइसेन्स कसरी ?

काठमाडौं – नेपालमा रेल र पानीजहाजको कुरो नौलो होइन, तर नेपालभित्रै देख्न र चढ्न भने नेपालीले अझै पाएका छैनन् ।

विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीका हरेकजसो भाषणमा नछुट्ने रेल र पानीजहाज अब छिट्टै संचालनमा आउने संकेत देखिएको छ । पानीजहाजको कार्यालयनै संचालन गरिसकेको सरकारले रेल चलाउनका लागि कानुन बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रियसभामा दर्ता गराएको रेल्वे सेवा विधेयक आज राष्ट्रियसभा बैठकमा प्रस्तुत भएको छ ।

रेल्वेको विकास र विस्तार गर्न तथा सुरक्षित, नियमित, भरपर्दो र प्रभावकारी रुपमा रेल्वे सेवाको सञ्चालन गर्ने गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्नका लागि सरकारले रेल्वे विधेयक ल्याएको हो । रेल सेवा प्रभावकारी र व्यवस्थित रुपमा संचालन गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा बोर्ड गठनको प्रस्ताव विधेयकमा गरिएको छ । बोर्डले नेपाल भित्र आवश्यकताअनुसार नेपालभित्र शाखा कार्यालय वा अन्य कार्यालय खोल्न सक्नेछ । बोर्डमा अर्थ, उद्योग बाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिल,, गृह मन्त्रालयका सचिवलगायतका सदस्य रहनेछन् । रेल्वे प्रशसक बोर्डको सदस्यसचिव हुनेछन् ।
बो

र्डले रेल्वे सञ्चालन गर्न प्राविधिक तथा सुरक्षाको दृष्टिकोणले उपयुक्त भए वा नभएको सम्बन्धमा विशेषज्ञद्वारा समय समयमा जाँचबुझ गराउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । बोर्डले यात्रीको भाडा र यात्रीगुण्टा, मालसामानको ढुवानी तथा विलम्ब शुल्क तोक्नेछ ।

रेल चालकको लाइसेन्स कसरी ? योग्यता कति ?

रेल चालक र सहचालकको अनुमतिपत्र लिन चाहने व्यक्तिले तोकिएको विवरण खुलाई रेल्वे प्रशासकसमक्ष निवेदन दिनुपर्नेछ । ‘यसरी परेका निवेदनमा अनुमतिपत्र दिन उपयुक्त देखिएमा रेल्वे प्रशासकले तोकिएबमोजिम रेल चालक वा सहचालकले अनुमतिपत्र दिनेछ ।’ विधेयकमा उल्लेख छ । रेल चालक वा सहचालककवो अनुमतिपत्र तथा नवीकरण दस्तुर, खारेजी र अन्य व्यवस्था तोकिए बमोजिम हुने उल्लेख छ ।

रेल चालकको अनुमतिपत्र प्राप्त गर्न कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । रेल्वे बोर्डबाट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको र रेल चालकको हकमा कम्तीमा ५ वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

उमेर हदअनुसार रेल चालकको हकमा २५ वर्ष र सहचालकको हकमा २० वर्ष उमेर पूरा नभई लाइसेन्स प्राप्त गर्न सकिँदैन । नेपालमा जनकपुर-जयनगर रेल्वे सेवा आगामी बैशाखबाट संचालन गर्ने तयारी गरिएको छ ।

ismt college
dish home