sajalsandesh

उदयपुरमा जीप दु र्घटना: दुईको मृ त्यु, चार घाइते

उदयपुर – उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा जिपमा सवार स्थानीय २६ वर्षीय मिलन राई र जीपधनी झापाको विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चार जना घाइते भएका छन्। उदयपुरकै रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे १ ज २६६२ नम्बरको बोलेरो जिप साँझ पौने ६ बजे दुर्घटना भएकाे हाे। जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

ismt college
dish home