दीपिकाको ‘छपाक’ माथि फेरि अर्को उजुरी

२०७६ पुष २४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ रिलिज हुनैलाग्दा एक उजुरी परेको छ । यसअघि एक मेकरले कथा चोरी भएको भन्दै उजुरी दिएका थिए ।

यतिबेला भने एक वकिलले फिल्ममा क्रेडिट नदिएको भन्दै उजुरी दिएका छन् । वकिल अर्पणा भट्ट एसिड आक्रमणमा परेकी लक्ष्मीकी वकिल भएर काम गरेको बताउँदै आएकी छिन् ।

उनले फिल्ममा क्रेडिट नपाएको भन्दै उजुरी दिएकी हुन् । यो फिल्म यही शुक्रवारदेखि हलमा रिलिज हुँदैछ । यसअघि पनि अर्पणाले फेसबूकमा लेखेर आफ्नो नाम नदिएको गुनासो गरेकी थिइन् ।

उनले निर्माताविरुद्ध कानूनी कारवाही गर्ने पनि जनाएकी थिइन् ।

आफ्नो याचिकामा भट्टको दाबी छ कि, उनी कैयन् वर्षसम्म लक्ष्मीकी वकिल रहेकी थिइन् । तर फिल्ममा क्रेडिट दिइएन । उनले फिल्म प्रदर्शनमा रोक लगाउने माग गरेकी छिन् ।

यो फिल्म रिलिजअघि निकै विवादमा तानिएको छ । केही दिनअघि मात्र जेएनयुमा विद्यार्थी भेट्न गएको भन्दै दर्शकले यो फिल्म रिजेक्ट गर्न ट्वीटरमा ट्रेन्डिङ चलाएका थिए ।

यो फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार