sajalsandesh

एनआईसी एशिया बैंकको बदमासी, चेक केरमेट गरी ६ लाख निकालियो

दमक – एनआईसी एशिया बैंक दमकले आफनो खाताबाट किर्ते गरि रकम निकालेको झापा कमल गाँउपालिका ५ की जमुना देवी लिम्बुले आरोप लगाएकी छन् । दमक ६ स्थित सिद्धीमार्केटमा रहेको बैकका कर्मचारीहरुको मिलेमतोमा आफनो खाताबाट अनाधिकृत रुपले ६ लाख बढी रकम निकालिएको उनले दावी गरेकी छन् ।

आफूले ८ महिनाअघि आफनो खाताबाट निकालेको ३० हजारको चेकबाट बंैक कर्मचारीले किर्ते गरि ५ लाख रकम निकाले उनले बताइन् । त्यस लगत्तै दुई महिना पछि सोहि ढंगले आफनो खाताबाट एक लाख रकम निकालिएको उनले वताईन् ।

२०७५ माघ ७ गते बंैकमा गएको र आफूले लेख्न नजान्ने भनेपछि बैंक भित्रकी एक महिला कर्मचारीलाई सहायता माग्दा चेक दिएका बखत यस्तो हर्कत भएको वताईन् । लिम्बुको ००२३३५१४८९२३० खाताबाट रु ३० हजार झिकेर लगेपनि त्यो चेकमा रु ५ लाख थपेर रकम निकालिएको उनले वताईन् ।

तर, चेकमा बैकका कर्मचारीले यसरी वदमास गर्लान भन्ने विश्वास नै नभएको उनले सुनाईन् । छोरा वकिलको अष्ट्रेलिया अध्ययन जाने रद्द भएपछि त्यस खातामा सो रकम जम्मा भएको थियो । पछि रोजगारीका क्रममा साउदी अरवमा रहेका श्रीमान घरमा आएपछि बैकको रकम हेर्दा त्यस्तो घटना बाहिरिएको पीडित जमुनाले बताइन् ।

पीडित लिम्बुका छोरा वकिल ,कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको उपस्थितिमा भएको छलफलमा जमुनाले भनिन् , ‘बैंकका कर्मचारीले म सोझी मान्छेलाई गुमराहमा पारेर अवैध ढंगले रकम निकालिएको छ ’ बैकले यसरी ठगी गरे पनि आप्mनो रकम फिर्ताका लागि कतैबाट सुनुवाई नभएको उनले गुनासो गरिन् । उनले बैंकमा पटकपटक घटनाबारे जानकारी गराउदाँ आलटाल गरेकाले आफू वाँध्य भएर न्यायका लागि सवैसँग गुहार माग्नुपरेको बताईन् ।

यसैवीच सोमबार पीडितसहित बैकका प्रतिनिधिहरुवीच दमकको इलाका प्रहरी कार्यालयमा घटनाबारे छलफल भए पनि विना निर्णय टुंगिएको छ । बैकले चेक प्रकरणमा आफूले नियमानुसार भुक्तानी गरेको भन्दै पन्छिएको छलफलमा सहभागि कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले वताए ।
त्यस चेकको अक्षरमा रकमको अंक पूरै केरमेट गरिएकाले पनि बैक कर्मचारीको बेइमान भएको हुन सक्ने सर्वसाधारणको बुझाई छ । बैकले केरमेट चेकलाई नियम विपरीत जारी गरेर खातावालालाई ठग्नेमा आशंका भएको वडाध्यक्ष निरौलाले वताए ।

चार महिना अघि कमल ५ कै व्यवसायी गोविन्द खनालले आफना पार्टीलाई पठाएको रकममा समेत त्यसरी बदमासी गरेको र पछि सुधार गरेको वताएका छन् ।

लगनशील कृषि सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका खनालले ३ लाख रकम पठाएकोमा २ लाख मात्र सम्बन्धित व्यक्तिलाई पठाएपछि त्यस्तो ठगी प्रयास भेटिएको दावी गरेका छन् । तर लगतै पठाएको रकमको भौचरसहित बैंकमा बुझदा गल्ती भएको भन्दै त्यसलाई सच्याएको र थप १ लाखको पुनः भौचर भरेर रकम पठाएको खनालले वताए ।

यता बैकका अधिकारीले भने त्यस चेक प्रकरणमा आफना कर्मचारीबाट कुनै त्रुटि नभएको जिकीर गरेका छन् । बैकका शााखा प्रवन्धक तीर्थ प्रधानले सो चेक प्रकरणमा आफनो कर्मचारीको त्रुटि नभएको दावी गरे ।

ismt college
dish home