झापामा बाबुको काजकिरिया छोरीबाट गराउने पण्डितमाथि हातपात

२०७६ पुष २४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा- बाबुको मृ त्युमा छोरीलाई काजकिरियाको कर्म गराउने झापा कनकाई नगरपालिकाका ब्राह्मण कैलाश न्यौपानेलाई नकापधारी समूहले हातपात गरेको छ । सात जनाको नकावधारी समूहले न्यौपानेको दुर्गापुरस्थित निवासमा आएर हातपात गरेका हुन् ।

मोटरसाइकलमा आएका ती अपरिचित व्यक्तिमध्ये एक जनाको लामो टुप्पी पनि आफूले देखेको हुनाले ब्राह्मण समुदायकै समूह आएको हुनसक्ने आफूले अनुमान गरेको न्यौपानेको भनाइ छ ।

समाजमा आइपरेको अप्ठ्यारो अवस्थामा मानवीय सहयोग गर्नु आफ्नो दायित्व सम्झेर गरेको काममा विभिन्न धार्मिक सङ्घसंस्थाबाट समेत सहयोग हुनुपर्ने भन्दै न्यौपानेले आफूमाथि भएको आक्रमणका विषयमा दुःख व्यक्त गरे ।

छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ । यो क्षेत्रमा छोरीले बाबुको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेका पनि छन् ।

आफ्ना दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै दिदीबहिनी किरियामा बसेको जुनुले बताइन् । “अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ”, जुनुले भनिन्, “बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो ।”

बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनले बताइन् ।

खनालको निधनपछि काजकिरियामा दाजुभाइ नहुँदा एकान्तटोल समाज विकास संस्थाले संरक्षण दिएर सामुदायिक भवन निःशुल्करुपमा उपलब्ध गराई १३ दिनसम्मको काजकिरिया भइरहेको संस्थाका अध्यक्ष भीम खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार