सुनमा दिनहुँ नयाँ रेकर्ड, मूल्य अहिलेसम्मकै उच्च

२०७६ पुष २४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाली बजारमा सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड कायम भएको छ।

बुधबार सुन प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो मूल्य अहिलेसम्मकै उच्च हो। यो खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।

महासंघका अनुसार सुन एक सतामा तीन हजार रुपैयाँ बढेको छ।

‘गत बिहीबार प्रतितोला ७३ हजार पाँच सय रुपैयाँ पुगेर रेकर्ड राखेको थियो,’ महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्ले भने, ‘त्यसपछि दिनहुँ नयाँ नयाँ रेकर्ड कायम भएको छ।’

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनेपछि स्वदेशी बजार सुनसान देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार