जापान रोजगारीः पहिले चिट्ठा अनि परीक्षा !

२०७६ आश्विन १३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।

एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने सूचना जारी गरेको हो ।

अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ ।

फाउन्डेसनले परीक्षामा सामेल हुन चाहनेका लागि अनलाइन दरखास्त आह्वान गरिएको जनाएको छ । रोजगारीका लागि जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय काम गर्न काठमाडौँस्थित जापानी दूतावासले जापान फाउन्डेसनलाई नियुक्त गरेको छ ।

फाउन्डेसनले कात्तिक १०, ११ र १२ मा पहिलो चरणको भाषा परीक्षा हुने जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार