sajalsandesh

पाँच जिल्ला सभापतिलाई निलम्बन गरे देउवाले

काठमाण्डौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच जिल्लाका जिल्ला सभापतिहरुलाई नि लम्बन गर्ने तयारी गरेका छन् । पार्टीको निर्णय र निर्देशनबिरुद्ध गतिविधि गरेको भन्दै देउवाले पाँच जिल्लाका सभापतिहरुलाई निलम्बनसम्मको कार वाही गर्ने चेता वनी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले लगातार पार्टी केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि देउवा समुहले बहुमतका आधारमा १४ औं महाधिबेशनको मिति तोक्नेदेखि पार्टीको विभागहरु बढाउनेसम्मको निर्णय गरेको थियो । निर्णयका बिरुद्ध जिल्ला सभापतिहरुको भेला बोलाउन सक्रिय रहेका पाँच जिल्ला सभापतिहरु देउवाको कार वाही सूचिमा परेका छन् ।

पाँच जिल्ला सभापतिहरुलाई पार्टीसभापतिले पत्र नै लेखेर निर्णयबिरुद्ध नजान निर्देशन दिनुभएको थियो, तर उहाँहरुले मान्नुभएन । निर्णयबिरुद्धका गतिविधिहरु थप सक्रिय बनाउनुभयो, देउवा निकट एक पदाधिकारीले भने, पार्टीलाई अनुशासनमा गलत काम गर्नेलाई कारवाही गर्नुपर्दछ । सभापतिले पार्टी निर्णयबिरुद्ध जाने जो कोहीलाई पनि कारवाही गर्ने अडान राख्नु भएको छ ।

सभापति देउवाइतरको पौडेल समुहले पार्टी मुख्यालय सानेपामा समुहको भेला बोलाएको छ । ४२ जिल्लाका पार्टीसभापतिदेखि केन्द्रीय सदस्यहरु बैठकमा सहभागी छन् । भेलामा वरिष्ठ नेता पौडेलले देउवाका ग लत निर्णयबिरुद्ध ल ड्न जिल्ला सभापतिहरुलाई आह्वान पनि गरिसकेका छन् ।

ismt college
dish home