नेपाललाई भारतमा गाभ्ने प्रयत्न भइरहेको छ

२०७६ पुष २३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – अर्धभूमिगत अवस्थामा रहेका नेकपा मसालका महासचिव सिंहले अझै पनि नेपाललाई भारतमा गाभ्ने प्रयत्न भइरहेको जिकिर गरे।

बुधबार काठमाडौंमा पत्रकारहरुमाझ् सार्वजनिक हुँदै उनले यस्तो बताएका हुन्। ‘नेपालमा अहिले राष्ट्रवादी हावा चलेको छ। तर हाम्रा भूभागलाई आफ्नोमा गाभ्ने खेलमा भारत निरन्तर लागिरहेको छ’, उनले भने, ‘नेपाललाई विखण्डन गरेर भारतमा गाभ्ने कोशिश गरिरहेको छ। नेपाललाई त्यस्तो हुन नदिन हामी अर्धभूमिगत गरिरहेका छौँ।’ पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिँदै उनले राष्ट्रियतासँगै गणतन्त्रमा पनि खतरा रहेको दाबी गरे।

‘गणतन्त्रलाई समाप्त पार्ने गतिविधि चलाइरहेका छन्। अवस्था गम्भीर छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय-राष्ट्रिय दुवै हिसाबमा देश गम्भीर अवस्थामा छ। त्यसैले प्रतिगामी शक्तिहरुले बल पाएका छन्।’ हाम्रो सत्ता आएको छैन। सत्ता कायम भएकै छैन। नेपालमा कम्युनिष्टको सत्ता स्थापति भएकै छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार