sajalsandesh

नेम्वाङलाई कुनै पनि हालतमा सभामुख नबनाउने पक्षमा प्रचण्ड !

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गु प्त बासबाट फर्किएपछि कठो र बनेका छन् । पार्टीभित्र सभामुख कसलाई बनाउने भन्नेबारे सकस चलिरहेको बेला अध्यक्ष दाहाल एक दिन काठमाडौं उपत्यकाबाहिर गएका थिए । उनी एक दिन सिन्धुपाल्चोकमा रहेको रिसोर्टमा बसेर फर्किएका थिए ।

पूर्व माओवादी केन्द्रका नेताहरुले अध्यक्ष दाहाललाई कुनैपनि हालतमा सभामुख पूर्व एमालेलाई नछोड्न दबा ब दिएका छन् । अध्यक्ष दाहालपनि अहिले सभामुख पूर्व माओवादी केन्द्रबाट राख्नुपर्ने भन्दापनि सुवासचन्द्र नेम्वाङलाई चाहीँ कुनैपनि हालतमा नबनाउने निश्कर्षमा पुगेको स्रोतको दाबी छ ।

संवैधानिक निकायका मुख्य पदहरुमा पूर्व एमालेमात्रै हाबी हुने भएपछि प्रचण्ड सभामुख पूर्व एमालेलाई बनाउन नहुने निश्कर्षमा पुगेका हुन् । प्रधानमन्त्री, राष्ट्रपति, राष्ट्रियसभाका अध्यक्षलगायत महत्वपूर्ण पदमा पूर्व एमाले रहेका छन् । स्रोतकाअनुसार अध्यक्ष दाहाल वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन राजी हुने देखिएका छन् ।

ismt college
dish home