sajalsandesh

शक्तिशाली ग्रहहरुको भेट भएका बेला विश्वमा किन हुन्छ यु द्ध ?

काठमाडौं – सूर्य र पृथ्वीको दूरी मिलेकै कारणले पृथ्वीमा जीवन सम्भव भएको हो । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा सधैंभरि सूर्यको एक भागको मात्रै परिक्रमा गर्ने गर्दछ । यसरी परिक्रमा गर्ने क्रममा हरेक ग्रहहरुसँग नजिक हुँदै जाने क्रममा कुनै बेला शुभ तथा कुनै कुनै बेला अशुभ ग्रहहरुको किरण पृथ्वीमा आउने गर्दछ । यस्तो अवस्था भने लामो समयपछि कहिले काहीं केही समयका लागि मात्रै जुर्ने कुरा हो र यो लामो समयसम्म रहिरहने पनि होइन । यदि यस्तो समयमा केही संयमता अपनाउन सकिएन भने यसको परिणाम भयानक पनि हुन सक्छ ।

यस्ता ग्रहहरुको युक्तिसंगत भएको समयमा पनि देवता र राक्षसहरुबीच पनि भयानक युद्ध भएको र धरै जनाले ज्यान गुमाउनु परेको पुराणहरुमा वर्णन गरिएको पाइन्छ । जब ठूला ग्रहहरु एकैसाथ आएको समयमा राक्षस र देवताहरुवीच अमृतपानका लागि समुद्र मन्थन भएको थियो मन्थनकै क्रममा युद्धसमेत भएको धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ ।

अहिले शक्तिशाली राष्ट्रका रुपमा उभिएको अमेरिका र तेलको भन्डारणमा आफूलाई शक्तिशाली देशको रुपमा चिनाएको इरान पछिल्लो समयमा युद्धको संघारमा रहेको देखिन्छ । पुराणहरुमा उल्लेख गरेको कुरा हेर्ने हो भने पनि समुद्र वारि पारिको युद्ध नै हो भनेर पनि भन्न सकिन्छ । यस्तो अबस्थामा अमेरिकाले १९६२ मा पनि यस्तै ग्रहहरुको अबस्था भएको समयमा क्यूबा( मिसाईल)का विषयमा अमेरिका र रुसबीच पनि यस्तै अबस्था आएको थियो ।

करिब ५८ बर्ष पछि पनि ठिक यस्तै समय र ग्रहहरुको पनि अबस्था पनि भएकाले अहिलेको यो संकेत राम्रो होइन । यस्ता ग्रहहरु एकैसाथ आएको बेला चाहे त्यो महाभारतको युद्ध होस् या रामायणको समयमा किन नहोस् अथबा आधुनिक युगको अहिलेको समयमा नै होस्, भयानक र ठूला युद्ध भएको इतिहास भेटिएको छ । त्यसैले यस्ता समय चलिरहेका बेला सबै संयमता अपनाएर बसेमा सबैको हित हुनेथियो ।

मंसिर २८ गते शनिबारदेखि अस्त भएको बृहस्पति ग्रह पुस २४ गते बिहिबार राति १२ः४८ मिनेट जाँदा पूर्वबाट उदय हुन लागेको समयमा र शनि र बृहस्पति दुबै ठूला ग्रह एकैसाथमा भएको समयमा विश्वमा नै ठूला ठूला परिवर्तन भएको देखिएकाले पनि अहिलेको अवस्थामा यस्तै संकेत देखिन सक्ने भन्दै संयमता अपनाउन ज्योतिषीहरुले अपिल गरेका छन् ।

ismt college
dish home