sajalsandesh

आज यस्तो छ सुनचाँदीको भाउ

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार छापावाल सुनको मूल्य ७६ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन ७६ हजार २०० मा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु २० बढेर तोलामा ९२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ismt college
dish home