sajalsandesh

बीएन्डसी मेडिकल कलेजका सञ्‍चालक दुर्गा प्रसाईंले लगाए आयोगका उपाध्यक्षमाथि यस्तो गम्भिर आरोप

काठमाडौं – झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्‍चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. कृष्ण गिरीमाथि गम्भीर आरोप लगाएका छन्।

बिर्तामोडमा सञ्‍चालित बीएन्डसी कलेजको सबन्धनका लागि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका हुन्। काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर प्रसाईंले उक्त कुरा सार्वजनिक गरेका हुन्। सरकारले गत भदौमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. गिरीलाई नियुक्त गरेको थियो ।

प्रसाईले सबै मापदण्ड पूरा गर्दा पनि आफ्नो कलेजलाई सरकारले मेडिकल शिक्षाका लागि सम्बन्धन नदिएको भन्दै अदालत जाने चेतावनी दिएका छन्। ‘मैले सबै मापदण्ड पूरा गरिसकेको छु’, उनले भने, ‘पुस मसान्तसम्ममा सम्बन्धन नदिएमा म अदालत जान्छु।’ प्रसाईले सबै मापदण्ड पूरा गरेको अवस्थामा पनि सम्बन्धन नदिएकोमा आक्रोश पोख्दै सरकारले नै किनेर चलाउन आग्रह गरे। ‘पुस मसान्तसम्म सरकारले कलेज कि किनोस कि सम्बन्धन देओस्’, उनले भने।

ismt college
dish home