sajalsandesh

इटहरीमा स्मार्ट पार्किङ्ग बन्दै, नेपालमा नै पहिलो प्रयोग !

इटहरी – इटहरीमा नेपालमै पहिलो पटक स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ । इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार अबको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ ।

इटहरी ४ ट्याङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउस्थित दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग बन्ने भएको हो । त्यहाँ एक सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ । इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ । करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ ।

निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ । सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाउँमा पठाउने छ । पछि १ मिनेटमा नै पहिला भएको ठाँउमा ल्याइदिने छ ।

घिमिरेका अनुसार यो पार्किङको प्रणाली सबै स्वचालित हुने छ । त्यहाँ गाडी धुने स्मार्ट वास र कफी सपको पनि ब्यवस्था हुनेछ ।

ismt college
dish home