sajalsandesh

मेरो बेइज्जत गर्नुस्, कृपया नेपालको बेइज्जत नगर्नुस्ः मन्त्री भट्टराई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाली भएर नेपालकै बेइ ज्यत नगर्न अपिल गरेका छन् । अस्ट्रेलियामा भएको कार्यक्रम प्रहरीले बिथोलेको भ्रामक समाचार भाइरल भएपछि सिड्नीबाटै प्रतिक्रिया दिँदै उनले ग लत सूचना प्रवाह के मुलुकको हितमा भयो त भन्ने प्रश्नसमेत गरेका छन् । ‘व्यक्तिगतरुपमा योगेश भट्टराईको विरोध गर्नुस् तर मुलुकको बेइज्यत नगर्नुस्,’ उनले भने ।

मुलुकलाई कसरी बेइ ज्यत गर्न सकिन्छ भनेर केही तत्वहरु जानीबुझीकन लागेको भन्दै मन्त्री भट्टराईले चि न्ता व्यक्त गरेका छन् । ‘नेपाल भ्रमण वर्षको प्रचार गर्न ओपेरा हाउसमा पुगेका थियौं, त्यहाँ झण्डा ब्यानर लैजान नपाइने रहेछ, सहभागीहरुले त्यसबिना नै ओपेरा हाउसमा गएर प्रचार प्रसार गर्नुभएको छ,’ उनको भनाइ छ, ‘हरेक देशमा सुरक्षाका नियम हुन्छन्, यही विषयलाई लिएर कतिपयले नेपाल र अस्ट्रेलियाको सम्बन्ध बिगार्न खोजेका छन् ।’

अस्ट्रेलियामा आग ला गीको संकट भए पनि नेपालबाट सोचेजस्तो असहज अवस्था नभएको मन्त्री भट्टराईले जिकिर गरे । ‘अस्ट्रेलियाको सरकारले स्वागत गरेको छ, नयाँ वर्ष मनाइरहेको छ,’ उनले भने, ‘नेपालको तर्फबाट परराष्ट्रमन्त्रीले सहानुभूति पठाइसक्नुभएको छ ।’

नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भमा कुनै व्यवधान नभएको बताउँदै उनले भने, ‘कसैले भनेजस्तो पहिलो गाँसमा ढुंगा अड्किएको छैन । पछि कुदनुको अर्थ छैन ।’

ismt college
dish home