उपेन्द्र यादवलाई जे,ल हाल्न सिके राउतको माग

२०७६ पुष २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालगन्ज – सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपाललाई गद्धार घोषणा गर्दै यी दुई पार्टी बिरुद्ध भ,ण्डा फोर अभियान चलाउने निर्णय गरेको छ ।
जनमत पार्टी स्थापना हुनअघि भूमिगत रुपमा गतिविधि संचालन गर्दा केन्द्रीय प्रवक्ता रहेका केन्द्रीय नेता अब्दुल खानले पत्रकार सम्मेलनमा राजपा र समाजवादी पार्टी्विरुद्ध गाउँ गाउँमा भ,ण्डा फोर गर्नुका साथै ब,हिष्कारको अभियान चलाउने बताए ।

पार्टीका दृष्टिकोण सार्वजनिक गर्न बाँकेमा आयोजित उक्त पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज ईरफान शेषले रौतहट र बाँकेका रामनोहर का,ण्डमा समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री उपेन्द्र यादवलाई जे,ल हाल्नुपर्ने बताएका छन् ।

जनमत पार्टीले ‘मधेसी जनताको मूल आधार, राजपा, समाजवादीको ब.हिष्कार’ भन्ने नारा नै तय गरेर अगाडी बढेको नेता खानले बताए । उनले राष्ट्रियसभाको निर्वाचनमा राजपा नेपालले नेकपासँग सँम्झौता गर्नु र समाजवादी पार्टीले कांग्रेससँग गरेको सम्झौताप्रति आ,पत्ति जनाए ।

खानले भने –यी सम्झौताले मधेसी जनताप्रति ग,द्धारी भएको छ । उनीहरु मधेसी जनताका लागि ग,द्धार सावित भएका छन् । त्यसैले यी दुबै पार्टीलाई जनमत पार्टीले ब,हिस्कार गर्दै भ.ण्डा फोर अभियान शुरु गरेको छ ।

अहिले आएर नेकपा र कांगे्रेससँग सम्झौता गर्नु थियो भने विगतमा यी पार्टीविरुद्ध किन घृ,णा फैलाएको भन्ने प्रश्नको जनमत पार्टीले राजपा नेपाल र समाजवादी पार्टीसँग जबाफ माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार