डा. कुँवर भन्छन्- बिहान खाली पेटमा मनतातो पानी पिउनु अमृत समान

२०७६ पुष २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं– जाडो मौसम होस् या गर्मी मौसम नै किन नहोस् मानव शरीरका लागि पानी पहिलो प्राथमिकता हो ।

हामीलाई लाग्ने अधिकांश रोगहरु पानीका कारण लाग्ने गर्दछन् । पानी पिउँदा पनि धेरै समस्याको समाधान हुन्छ । अझ खाली पेटमा पानी पिउँनु स्वास्थ्यका लागि धेरै राम्रो हुने चिकित्सकहरु बताउँछन् ।

वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा। सन्दीपराज कुँवर भन्छन्– ‘यदि मानिस स्वस्थ रहने हो भने पहिले पेटलाई स्वस्थ राख्नुपर्छ ।’

मानिसका अधिकांश रोग खानपानबाटै उब्जिन्छन् । पेटलाई सबै कुरामा बचाउने हो भने अधिकांश प्राणघातक रोगबाट बच्न सकिने उनको भनाइ छ ।

पेट स्वस्थ्य बनाउन बिहानै मनतातो पानी पिउनु अमृत समान हुन्छ । खाली पेट पानी खाँदा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो ।

प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ ।

खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त हुने बताइन्छ । विहान मनतातो पानी पिउँदा पुग्ने फाइदा यस्ता छन्–

आन्द्रामा फ्लसः खाली पेट प्रशस्त पानी खाँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ ।

तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ ।
शरिरका विकार फालिदिन्छ स् तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ ।

भोक बढाउछः नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने रु खाली पेट पानी पिउँदा तपाईको भोग जाग्छ ।
टाउको दुख्नबाट बचाउछ स् मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु पनि एक हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ति मिल्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ ।

कोलोन सफा गर्छः पानी पिउँदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्याउछ । तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ ।

मेटाबोलिजमलाई तीब्र पार्छः यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो । पानी पिउँदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ ।

यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुहुन्छ । जसका कारण छोटो समयमा नै तौल घट्छ ।
उर्जा बढाउछ स् यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुर्याउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । जसका कारण शरीरमा उर्जा मिल्छ ।

अनुहारको छालामा चमक ल्याउछः खाली पेट प्रशस्त पानी खाँदा अनुहारको चमक बढाउँछ । शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउँछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ स् समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुँदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार