sajalsandesh

दिल्ली ब लात्कारका दोषीलाई २२ जनवरीमा फाँ सी दिइने

एजेन्सी- दिल्लीको पटियाला हाउस कोर्टले मंगलबार निर्भया सामूहिक ब लात्कारका दो षीमाथि सुनाइ गरेको छ ।

अदालतले सामूहिक ब ला त्कारका ४ जना दोषीविरुद्ध डेथ वा रेन्ट जारी गरेको छ । चारैजनालाई जनवरी २२ गते बिहान सात बजे फाँ सी दिइने छ । उनीहरुलाई ८ वर्षअघि दिल्लीमा भएको एक ब लात्कार का ण्डमा फाँ सी दिन लागिएको हो ।

डेथ वा रेन्ट जारी गर्नुपूर्व पटियाला हाउस कोर्टका न्यायाधीशले भिडियो कन्फेरेन्समार्फत् चारै जना अभियुक्तसँग कुरा गरेका थिए । सुनुवाइका क्रममा पी डित युवतीकी आमा र दो षी मुकेशकी आमा अदालतभित्रै रोएका थिए ।

निर्भया का ण्डमा अक्षय, मुकेश, विनय र पवनलाई यस अघि नै फाँ सीको सजाय सुनाइएको थियो ।

सन् २०१२ डिसेम्बर १६ गते वर्षीया ज्योति सिंहमाथि सामूहिक बला त्कार भएको थियो । आफ्ना साथी अविन्द्र प्रताप पाण्डेसँगै फिल्म हेरेर फर्किने क्रममा उनलाई एक समूहले बला त्कार गरेको थियो । बला त्कार भएको १३ दिनपछि सिंहको मृ त्यु भएको थियो ।

ज्योति र अविन्द्र राति ९ः४५ बजे बस चढेर घर फर्कँदै गर्दा बसमा रहेका ४ जनाले ज्योतिलाई बला त्कार गरेका थिए । बस चढेपछि बसमा रहेका ४ जनासँग अविन्द्रको भनाभन भएको थियो ।

भनाभनपछि अविन्द्रलाई उक्त समूह (दोषीहरु) ले कु टेर बे होस बनाएका थिए । त्यसपछि ज्योतिलाई बसको पछाडि लगेर सामूहिक बला त्कार गरेका थिए ।

अभियुक्तहरूले बेहोसका ज्योति र अविन्द्रलाई चलिरहेको बसबाट बाहिर सडकमा फालेका थिए ।

उक्त घटनामा ग म्भीर घाइते भएका अविन्द्र भने बाँच्न सफल भएका थिए तर उपचारका क्रममा ज्योतिको मृ त्यु भएको थियो ।

ismt college
dish home