एनआईसी एसिया बैंक दमक शाखाले आफ्नै ग्राहकको ६ लाख रुपैयाँ ठगेको आरोप

२०७६ पुष २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दमक- दमक ६ स्थित सिद्धीमार्केटमा रहेको एनआइसी एशिया बैकले आफनो खाताबाट किर्ते गरि रकम निकालेको झापा, कमल गाँउपालिका वडा नम्बर ५ की जमुना देवी लिम्बुले आरो प लगाएकी छन् । कर्मचारीहरुको मिलेमतोमा आफनो वैंक खाताबाट अनाधिकृत रुपले ६ लाख बढी रकम निकालिएको उनले दावी गरेकी छन् ।

आठ महिना अघि आफूले आफनो खाताबाट निकालेको ३० हजारको चेकबाट बैक कर्मचारीले किर्ते गरि ५ लाख रकम निकालिएको र त्यसरी नै त्यस लगत्तै दुई महिना पछि सोहि ढंगले आफनो खाताबाट एक लाख रकम निकालेको उनले वताईन् ।

जमुनाका अनुसार घरायसी खर्च निकाल्न गत २०७५ माघ ७ गते बैकमा गएका र आफूले लेख्न नआउने भनेपछि बैंक भित्रकी एक महिला कर्मचारीलाई सहायता माग्दाँ चेक दिएका बखत बेइमान भएको वताईन् । लिम्बुको ००२३३५१४८९ २३० खाताबाट रु ३० हजार झिकेर लगेपनि त्यो चेकमा रु ५ लाख थपेर रकम निकालिएको उनले वताईन् । तर, चेकमा बैकका कर्मचारीले यसरी वदमास गर्लान भन्ने विश्वास नै नभएको उनले सुनाईन् । त्यो पैसा छोरा वकिलको अष्ट्रेलिया अध्ययन जाने रद्द भएपछि त्यस खातामा सो रकम जम्मा भएको थियो । पछि रोजगारीका क्रममा साउदी अरवमा रहेका श्रीमान घरमा आएपछि बैकको रकम हेर्दा त्यस्तो घटना बाहिरिएको पीडित जमुनाले बताइन् ।

००२३३५१४८७२३०१ नम्बर चेकबाट ३० हजार निकालिएको सो चेकमा ५ लाख अंक थपेर ५ लाख ३० हजार रकम निकालिएको देखिएको छ । लिम्बूको चेकबुकबाट एउटा चेक निकाली उक्त महिला कर्मचारीले लिम्बूको सहि किर्ते गरि फेरि चेक नम्बर ००२३३५१४८८२३०१ बाट नगद रु १ लाख रुपैयाँ निकालेको पाईएको पीडित लिम्बुले वताइन् ।

पीडित लिम्बुका छोरा वकिल ,कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको उपस्थितिमा सञ्चारकर्मीहरुसंग आफनो पीडा सुनाउदै जमुनाले भनिन्, ‘बैंकका कर्मचारीले म सोझासीधालाई गुमराहमा पारेर अवैध ढंगले रकम निकालिएको छ ’ बैकले यसरी ठगी गरे पनि आफनो रकम फिर्ताका लागि कतैबाट सुनुवाई नभएको जमुनाले सुनाईन् । उनले बैंकमा पटकपटक घटनाका बारे जानकारी गराउदाँ आलटाल गरेर झुलाएकाले अहिले आएर आफू वाँध्य भएको न्यायका लागि सवैसंग गुहार माग्नुपरेको बताईन् । यसैवीच हिजो सोमबार पीडितसहित बैकका प्रतिनिधिहरुवीच दमकको इलाका प्रहरी कार्यालयमा घटनाबारे बसेको छलफल विना निर्णय टुंगिएको छ । बैकले चेक प्रकरणमा आफूले नियमानुसार भुक्तानी गरेको भन्दै पन्छिएको छलफलमा सहभागि कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले वताए ।

त्यस चेकको अक्षरमा रकमको अंक पूरै केरमेट गरिएकाले पनि बैक कर्मचारीको बेइमान भएको हुन सक्ने सर्वसाधारणको बुझाई छ । बैकले केरमेट चेकलाई नियम विपरीत जारी गरेर खातावालालाई ठग्नेमा आशंका भएको वडाध्यक्ष निरौलाले वताए । बैंकसंग आफूसहित गाँउपालिका उपाध्यक्ष बेणु शिवाकोटीका जनप्रतिनिधिहरुले बुझदाँ आफूहरुवाट त्रुटि नभएको जिकीर गरिआएका छन् ।

पठाएको रकममा पनि ठगी

यसैगरि चार महिना अघि कमल ५ कै व्यवसायी गोविन्द खनालले आफना पार्टीलाई पठाएको रकममा समेत त्यसरी गडबड गरेको र पछि सुधार गरेको वताएका छन् । लगनशील कृषि सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका खनालले ३ लाख रकम पठाएकोमा २ लाख मात्र सम्बन्धित व्यक्तिलाई पठाएपछि त्यस्तो ठगी प्रयास भेटिएको दावी गरेका छन् । तर लगतै पठाएको रकमको भौचरसहित बैंकमा बुझदा गल्ती भएको भन्दै त्यसलाई नर्चकाउन आग्रह गरि थप १ लाखको पुनः भौचर भरेर रकम पठाएको खनालले वताएका छन् । एउटा सामान्य मानिस भएको भए त्यो लाख रकम स्वाहा हुने उनले वताए । यस्ता गल्तीवाट बैंकले पाठ सिक्नु पर्ने आग्रह गर्दे उनले भने , –‘ बैंकमा पैसा जम्मा गर्दा र निकाल्दा आफूपनि सजक हुनुपर्छ, वैकको मात्र भरोसा गर्नुहुदैन् ।’

त्रुटि छैन , जे गर : बैक

यता बैकका अधिकारीले भने त्यस चेक प्रकरणमा रकम गडबडमा आफना कर्मचारीबाट त्रुटि नभएको जिकीर गरिआएका छन् । वैकका सिद्धीमार्केट शाखाका प्रवन्धक तीर्थ प्रधानले उक्त चेक प्रकरणमा आफनो कर्मचारीको त्रुटि नभएको दावी गरे । त्यसवारे सञ्चारमाध्यमसंग बोल्न नचाहेको श्रेष्ठले बैकको कुनै त्रुटि नभएको भन्दै घुमाउरो तरिकाले कानुन अनुसार जे गर्न चुनौती दिएका छन् । दमकमा सिद्धीमार्केटसहित दमकको फाल्गुनन्द चौक र क्याम्पसमोडमा थप शाखा सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार