sajalsandesh

१५ वर्षीया किशोरीको ह,त्या ! आमासहित चार जना प,क्राउ

काठमाडौं – पर्सामा १५ वर्षीया छोरी पुनिता कुरमारीको ह त्या आरोपमा आमासहित चारजना प क्राउ परेका छन् । प,क्राउ पर्नेमा पोखरिया गाउँपालिका– ९ सेमरबारी बस्ने किशोरीकी आमा शिवकली देवी, काका सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र ट्याक्टर चालक जितेन्द्र यादव रहेका छन् ।

पुनिताका बुबा वीरेन्द्र दास भने फरार छन् । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमन्द्रसिहं राठौंरका अनुसार पुनिता ह,त्याको घटनाबारे अनुसन्धान जारी छ । उनले भने, ‘‘पुनितलाई केटाको फोन आउँदा कु,टिएको रहेछ । कु ट पि टकै क्रममा ज्यान गएपछि घरनजिकैको खेतमा जलाएर गाडेको जस्तो देखिन्छ । केही अ व शेष फेला परेका छन् ।’’

उनका अनुसार २२ दिनअघि पुनिता हराएको सूचना प्रहरीमा पुगेको थियो । उजुरी भने कसैले दिएका थिएनन् । प्रहरीले सूचनाकै आधारमा पुनिताको खोजी कार्य सुरु गरेको थियो ।

ismt college
dish home