बस दु र्घटनामा परी काँग्रेस नेताको निधन, १८ घाइते

२०७६ पुष २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको नि धन भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको नि धन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठो किएर बस दु र्घटना भएको थियो । आज बिहान ५ः०० बजे भएको सो दुर्घटनामा परी नेता राय ग म्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उहाँलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पुर्याइएको र सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ः०० बजेतिर चिकित्सकले मृ त घोषणा गरेको आफन्त असिम दुबेले बताउनुभयो ।

नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका उम्मेदवार रहनुभएको थियो भने उहाँले प्रजातान्त्रिक आ न्दोलनमा समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य काँग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घा इते भएका छन् भने उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार