sajalsandesh

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं- लगातार बढेको सुनको मूल्य मंगलबार ५ सयले घटेको छ ।

सोमबार बढेर ७६ हजार पुगेको छापावाला सुन आज तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ismt college
dish home