sajalsandesh

नापी सर्वेक्षक घुससहित प,क्राउ

वीरगञ्ज- नापी कार्यलयका सर्वेक्षक रामनरेश पासवान घु.स सहित अख्तियारको फ न्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई ७५ हजार रुपैयाँ घुस रकमसहित सोमबार प,क्राउ गरेको हो ।

अख्तियारका अनुसार, वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घु,स मागेका थिए । पासवानले घु,स मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेको अख्तियारको टोलीले उनलाई रं गे हात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

ismt college
dish home