युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक

२०७६ पुष २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ- गएराति भएको इटालियन लिग सिरी ए मा युभेन्ट्सले प्रभावशाली जित हात पारेको छ । युभेन्ट्सले काग्लियारीलाई ४-० गोलले पराजित गरेको छ । युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । त्यस्तै एक गोल गोन्जालो हिगुइनले गरे ।

युभेन्ट्सका लागि खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए ।

खेलको ६७ औं मिनेटमार्फत उनले दोस्रो गोल गरे ।

खेलको ८१ औं मिनेटमा हिगुईनले गोल गरे ।

उच्च फर्ममा देखिएका रोनाल्डोले खेलको ८२ औं मिनेटमा ह्याट्रिक पुरा गरे । नयाँ वर्षसँगै रोनाल्डोको यो पहिलो ह्याट्रिक हो ।

रोनाल्डोको करिअरकै यो ५६ औं ह्याट्रिक हो ।

युभेन्ट्सले १८ खेलमा ४५ अंक जोडेको छ । काग्लियारी २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार