sajalsandesh

झापाका लोकप्रिय बिद्यार्थी नेता रवि बने अनेरास्ववियुको केन्द्रीय सदस्य

दमक – एकीकृत अनेरास्ववियुकाे केन्द्रीय सदस्यमा दमकका रबि बस्नेत मनोनित भएका छन् । साविकको अखिल क्रान्तिकारी र अनेरास्ववियुविचकाे एकता पछि उनी कन्द्रिय सदस्यमा मनाेनित भएका हुन् ।

उनी बिद्यार्थी माझ लोकप्रिय नेताका रुपमा चिनिन्छन । बस्नेत क्रान्तिकारीमा पनि केन्द्रीय सचिवालय सदस्य थिए भने झापा जिल्ला अध्यक्ष भईसकेका छन ।

उनी नेकपा दमक नगर कमिटी सचिवालय सदस्य पनि हुन् । बिद्यार्थीको हक र हितको क्षेत्रमा झापामा राम्रो छवि बनाएका बस्नेतलाई अब झन बिद्यार्थीको अधिकारको पक्षमा काम गर्न जिम्मेवारी थपिएको छ ।

ismt college
dish home