रामचन्द्रको घोषणा – अब म देउवाविरुद्ध लड्छु

२०७६ पुष २१, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – काँग्रेसको असन्तुष्ट पक्षले संस्थापन पक्षसँग लड्ने रणनीति बनाएको छ ।

असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेलाले बहुमतका आधारमा एकलौटी पार्टी चलाउन खोजेको भन्दै देउवाविरुद्ध उभिने निर्णय गरेको हो । भेलामा सो समूहका ४२ जिल्ला सभापति सहभागी थिए । सानेपास्थित पार्टी कार्यालयमा सोमबार भएको भेलामा बोल्दै असन्तुष्टहरुको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको ज्यादतीविरुद्ध उभिन आफू पक्षधरलाई निर्देशन दिए ।

नेता पोडेलले देउवा सहमतीय पद्दतीविपरीत गएकाले उनलाई देखाउन आफूहरु कठोर कदम चाल्न तयार हुनुपर्ने उल्लेख गरे । ‘विधानविपरीत एकलौटी निर्णयमा पार्टी चलाइएको छ’, पौडेलले भने, ‘म देउवाविरुद्ध लड्छ्, तपाईंहरु साथ दिन तयार हुनूस् ।’ बैठकमा महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहले काँग्रेस जोगाउन सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार