sajalsandesh

आंचलको विवाह हुँदा पल शाहलाई कत्तिको खल्लो ?, जोडी छुटिदा यसो भन्छन् – हेर्नुहोस् भिडियो

काठमाडौ – नेपाली चलचित्र छेत्रमा ‘आँप जोडी’ अर्थात आँचल शर्मा र पल शाहको जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् र यी दुई अभिनित केही चलचित्रहरु चलेका समेत छन् । यी दुईलाई धेरै भिडियोहरुमा समेत दर्शकहरुले रुचाएका छन् तर अहिले एकाएक यी दुईलाई दर्शकले हेर्न पाएका छैनन् ।

आँप जोडी कि आंचल शर्मा अब विवाह बन्धनमा बाधिदै छिन् जसले गर्दा आँप जोडीका फ्यानहरु केही हद सम्म निराश देखिन्छन । आँप जोडीलाई विवाह बन्धन मै बाँधिएको हेर्ने रहर हुँदाहुँदै दर्शकको उक्त चाहना पूरा हुन सकेन ।

आंचल शर्मा डाक्टर उदिप श्रेष्ठ संग यहि वर्षको अन्त्य तिर विवाह बन्धनमा बाँधिदै छिन् जसले गर्दा दर्शकहरुमा केही निराशपन देखिएको छ । पल र आंचलको चलचित्र जोनी जेण्टल्मेनको कमेन्टमा यहि निराशता धेरै फ्यानहरुले पोखेका छन् ।

तर पल शाहले भने आंचलको विवाह हुन लागेको थाहा पाउदा खुशी व्यक्त गर्दै भने, “दर्शकहरुले आँप जोडीलाई मन पराईदिनु भयो यो खुशीको कुरा हो । कत्तिलाई त हामी साच्चैको पनि जोडी हो भनेर सोच्नु भएको छ जुन गलत थियो । हामी मिल्ने साथि मात्र हौँ र हाम्रो जोडी फिल्म र भिडियोमा मात्र सिमित भएको हो । आंचलले विवाह गर्दै हुनुहुन्छ जुन खुशीको कुरा हो । आंचललाई विवाह बन्धनमा बाधिन लागेकोमा शुभकामना दिन चाहन्छु ।”

पूजा शर्मा र पल शाहको जोडी रहेको चलचित्र ‘म यस्तो गित गाउछु २’ अहिले प्रदर्शनको तयारीमा रहेको छ । उक्त चलचित्रको पहिलो गित सुपरहिट भईसकेको छ भने यहि चलचित्रको दोश्रो गित यहि हप्ता रिलिज हुने तयारी रहेको छ । पल शाह र पूजा शर्माको जोडीलाई समेत दर्शकले अत्याधिक रुचाएका छन् । पलले पनि आफुलाई पूजासंग काम गर्न सहज हुने गरेको बताएका छन् ।

पल शाह अहिले ‘म यस्तो गित गाउछु २’ को लागि व्यस्त रहेका छन् । पूजा र पल बिचको विवाद धेरै आएका समेत थिए तर पलले भने कुनै किसिमको विवाद र मनमुटाव नरहेको बताएका छन् । चलचित्रको कामले गर्दा पूजा र पल व्यस्त रहेका कारण संगै देख्न नपाएको उल्लेख गरेका छन् ।

ismt college
dish home