sajalsandesh

कालोसूचिमा पप्पु कन्स्ट्रकसन

काठमाडौं – पप्पु कन्स्ट्रकसन सरकारको कालोसूचिमा परेको छ । सरकारले पप्पु कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचिमा राखेको हो । सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सोमबार गोरखापत्रमा जारी सूचनामा रमण–पप्पु जेभीलाई कालोसूचीमा राखिएको उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले सो कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको जनाएको हो ।

२०७६ साउन २१ गतेदेखि लागू हुने गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचिमा राखिएको कार्यालयले जनाएको छ । का लोसूचिमा रहेको समयमा रमण–पप्पु जेभीले सार्वजनिक निकायको कुनै पनि खरिद प्र क्रियामा भाग लिन पाउने छैन ।

हुलाकी सडक निर्देशनालयको सिफारिस अनुसार पप्पु कन्स्ट्रक्सनलाई कालो सूचिमा राखिएको हो । पप्पु कन्स्ट्रक्सनले विभिन्न ठाउँमा ठेक्का लिने तर काम अधुरै छाड्ने गरेपछि का लोसूचिमा राख्नु परेको कार्यालयले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सनले पूर्वको सुनसरीदेखि पश्चिमको कञ्चनपुरसम्मका २८ वटा पुलको ठेक्का पाएको छ । अधिकांश पुलको समयावधि सकिएको छ । तर, कुनै पनि पुल सम्पन्न भएका छैनन । पप्पु कन्स्ट्रक्सनवि रुद्ध अख्तियार दुरुपयोग अ नुसन्धान आयोगले मु द्दा पनि दा यर गरेको छ ।

ismt college
dish home