sajalsandesh

सुनको भाउले बनायो इतिहासमै नयाँ रकर्ड !

काठमाडौ- लगातार बढेको सुनको भाउले सुन किन्ने भन्दा बेच्नेको ओइरो लागेको छ ।

हिजाे तोलामै एक हजारले बढेको छापावाल सुन आज पनि तोलामा रु. ५ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

हिजो ७५ हजार ५ सय रुपैयामा कारोबार भएको सुनको भाउ आज तोलाको ७६ हजार पुगेकको हो । त्यस्तै, तेजावी सुन पनि बढेर तोलाको ७५ हजार ७ सय रुपैयामा कारोवार भइरहेको छ । आज चाँदीमा पनि २० रुपैयाले बढेर प्रतितोला ९ सय २० रुपैयामा कारोवार भइरहेको छ

ismt college
dish home