sajalsandesh

विप्लवद्धारा काभ्रेमा ९५० रोपनी जग्गा क,ब्जा !

काभ्रे- सरकार प्र ति ब न्धित पार्टी नेत्र विक्रम चन्दको (विप्लव) समुहले काभ्रेमा ९५० रोपनी जग्गा क,ब्जा गरेका छन् । सरकारीकरणको बहानामा खोसिएको दनुवार समुदायको जमिन फिर्ता नहुँदासम्म क,ब्जा गरिने भन्दै विप्लव माओवादीले विज्ञप्ति निकाल्दै काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका साबिक महादेवस्थान–९ स्थित को ९ सय ५० रोपनी जग्गा क,ब्जा गरेको हो ।

विगतमा दनुवार समुदायका विभिन्न व्यक्तिका नाममा रहेको र पुर्जाको प्रमाणपत्र रहेको जग्गा, खोलाको बगरको बहनामा ज बर्ज स्ती सरकारीकरण गरिएको भन्दै ब्यानर टाँगी क,ब्जाको घोषणा गरेको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्ति जारी गर्दै २०३१ सालमा सर्भे नापी हँुदाको बखत आवश्यक जानकारी र सोधपुछबिना दर्ता भएको कमजोरीलाई सच्याउनुको सट्टा व्यक्ति र सरकारको नाममा दोहोरो स्रेस्ता गराई अन्तमा ज बर्ज स्ती दनुवार समुदायलाई उठीबास गराई सरकारको नाममा ल्याएको भन्दै तत्काल सो जग्गा फिर्ता नगराएसम्म कुनै पनि हालतमा नछोड्ने विज्ञप्तिमा जनाएको छ ।

‘कित्ता नम्बर ९१६, ९१७ र १२५० जग्गा विगतमा दनुवार समुदायको विभिन्न व्यक्तिको नाममा रहेको यथेस्ट प्रमाण रहेको छ । सुरुमा नापी गर्ने, कर्मचारीको त्रुटि भए पनि गणतन्त्र आएपछिको अवधिमा समेत तत्कालीन प्रमुख जिल्ला अधिकारी सुधीरकुमार शाह, नापी अधिकृत मालपोत अधिकृत, प्रहरी प्रशासन, न्यायालय, ढुंगा गिटी बालुवा माफियाको ठूलो आर्थिक लेनदेन र संलग्नतामा व्यक्तिको नाममा रहेको जग्गा खोसिएको विज्ञप्तिमा जनाएको छ ।

नेकपाले निकालेको अपिलमा सबिक महादेवस्थान–९ स्थित कित्ता नम्बर ९१६ को ३६३–२–१–०, कित्ता नम्बर ९१७ को ३१२–८–१–१ र कित्ता नम्बर १२५० को २६८–४–१–१ रोपनी जग्गाको लालपुर्जा पीडित दनुवार समुदायका व्यक्तिले पाउनुपर्र्ने, तत्कालीन प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत अधिकृत र भूमाफियालाई कारबाही गर्नुपर्ने माग गरी कब्जा गरिएको ठाउँमा गिट्टीबालुवा निकाल्न बन्द गर्ने र वर्षांैदेखि उत्खनन तथा बिक्री हुँदै आएको ढुंगा, गिटी र बालुवाको करमा प्रमुख स्वयंको सं लग्न ता मा भएको भ्र ष्टा चार छानबिन गर्नसमेत माग राखेको छ ।

ismt college
dish home