सभामुख पद नछाड्न प्रचण्डलाई चर्को द,वाव

२०७६ पुष २१, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को द,वाव दिएको समाचार नागरिक दैनिकमा छ ।

पूर्व माओवादी समूहका नेताहरु दाहाल निवास खुमलटार पुगेर दबाब दिएका हुन् । दाहालले आफ्नै समूहबाट आएको द,बाब थेग्न ननकसेर नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग सभामुखको विषयमा टुङ्गो लगाउन सकेका छैनन् ।

दाहाल निवासमा पूर्व माओवादी समूहले मंसिर ३० गतेदेखि नै छलफल गरिरहेका छन् । दाहाल निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार