sajalsandesh

नेपाली काँग्रेसमा देउवा संकटमा, रामचन्द्रले बोलाए गुट भेला

काठमाडौं – काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।

भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूह पनि सामेल हुने भएको छ । धनकुटामा रहेका सिटौला भने आउने नआउने टुङ्गो छैन ।

सभापति शेरबहादुर देउवाले बहुमतको बलमा पुस ११ को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल र सिटौला पक्षका नेताहरुले चर्को विरोध गर्दै आएका छन् ।

इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशनको कार्यतालिका तोकेर र विधानको नियम निलम्बन गरेर गलत नजिर स्थापित गरेको उनीहरुको आरोप छ ।

पौडेल–सिटौला पक्षले पुस ११ को निर्णय सच्याउनुपर्ने बटमलाइन अघि सारेको छ । यसैका लागि दबाब दिन उनीहरुले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् । ४० जिल्लाभन्दा बढीका सभापतिले गर्ने निर्णयबाट देउवालाई ठूलो दबाब पर्ने बुझाइ पौडेल–सिटौला पक्षको रहेको छ ।
कान्तिपुर दैनिकबाट

ismt college
dish home