sajalsandesh

उपसभामुखले राजीनामा दिएपछि सभामुखको टुंगो

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि मात्रै सभामुखको टुङ्गो लाग्ने बताएका छन्।

राष्टियसभाको उम्मेदवारी दिन प्रदेश ४ को राजधानी पोखरा पुगेका श्रेष्ठले प्रेस संगठन कास्कीले आइतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्। ‘संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुने व्यवस्था छैन’, उनले भने, ‘अब उपसभामुखले पदबाट राजीनामा दिनुहुन्छ’, उनले भने, ‘त्यसपछि मात्रै सभामुखबारे पार्टीभित्र छलफल हुन्छ।’ सभामुखको बिषयमा पार्टीले छलफल गरेर मात्रै निर्णय हुने प्रष्टाए ।

पार्टीभित्र सभामुखको बिषयमा औपचारिक रुपमा छलफलसमेत नभएको बताए। पार्टी एकतापछि गुट-उपगुट बढ्दै गएकाले त्यसलाई न्यूनीकरणको बिषयमा छलफल भइरहेकोसमेत बताए। स्थायी कमिटीको बैठकमासमेत गुटको बिषयमा गहिरो चर्चा भएको हुनाले त्यसको न्यूनीकरणमा पार्टी नेतृत्व जुटेको उनले प्रष्टाए।

‘गुटको बिषयमा स्थायी कमिटीको बैठकमा पनि छलफल भयो। त्यस बिषयमा पार्टी गम्भीर भएको छ’ उनले भने, ‘त्यसलाई न्यूनीकरण गर्दै निषेध गर्ने पक्षमा जुटेका छौँ।’ सभामुख चयनका उपसभामुखले राजीनमा दिएपछि मात्रै हुने बताए पनि सभामुख चयन ढिला भएको स्वीकार गरे।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहले नै आफू राष्टियसभामा जान तयार भएको समेत बताए।

ismt college
dish home