दुई पटक प्रधानमन्त्री भएँ, तर केही गर्न सकिनँ – प्रचण्ड

२०७६ पुष २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई पटक देशको प्रधानमन्त्री हुँदा पनि आफूले देशको लागि केही गर्न नसकेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित अन्नपूर्ण काठमाडौं समाजको साधारण सभामा प्रचण्डले देशका लागि जे गर्ने सपना थियो तर सपना देखे जस्तो काम गर्न नसकेको बताएका हुन्।

उनले भने, ‘हुन त मैले दुई पटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ। तर मैले जे सपना नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्यो गर्न सकेको छैन।’प्रचण्डले आफूले गर्नु पर्ने धेरै काम बाँकी रहेको भन्दै आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताएका छन्।

उनले भने, ‘कास्की जिल्ला र सिङ्गो देशका लागि यति गर्न पर्छ र सकिन्छ भन्ने ठानेको हो त्यति मैले गर्न पाएको र सकेको छैन भन्ने मेरो अनुभूति छ। मैले गर्नुपर्ने अलि धेरै छ। मैले देशभरि जाँदा भन्ने गरेको छु मेरो बाँकी जीवन अब विकास निर्माण र समृद्धिको निम्ति नै केन्द्रीत छ।’ उनले आउने दिनमा देखेका सपनाहरू पूरा गर्न सङ्कल्प लिएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार