यि हुन् राष्ट्रिसभाबाट बिदा हुने सांसद, यि सांसद गोला प्रथाबाट चारै बर्ष रहने !

२०७६ पुष २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – दुईवर्षे कार्यकाल सकेर राष्ट्रियसभाबाट बिदा हुनेमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु धेरै छन् । नेकपाका नौ, कांग्रेसका सात, राष्ट्रिय जनता पार्टीका दुई र समाजवादी पार्टीका एकजना सदस्यको कार्यकाल यहि फागुन २० मा सकिँदैछ ।

सांसदहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङको कार्यकाल सकिँदैछ ।

त्यस्तै, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् ।

जो ४ वर्ष राष्ट्रिय सभामा रहनेछन्

राष्ट्रियसभामा अर्को दुईवर्ष कार्यकाल रहेका २० जना सांसद छन् । दुईवर्ष कार्यकाल पूरा गरेका उनीहरु अझै दुइैवर्ष राष्ट्रिय सभामा रहनेछन् ।

सांसदहरु परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिडारी, नैनकला ओझा, शशिकला दाहालको कार्यकाल ४ वर्ष छ । त्यस्तै, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राई पनि थप दुई वर्ष संसदमा रहनेछन् ।

यी भाग्यमानी, जो पूरा कार्यकाल रहनेछन्

गोलाप्रथा एकप्रकारले भाग्य चिठ्ठाजस्तै हो । गोला तान्दा जति पदावधि पर्छ त्यती नै समयावधि राष्ट्रियसभामा रहने व्यवस्था छ ।

यसरी गोला तान्दा पुरा कार्यकाल अर्थात ६ वर्ष नै सांसद बन्न पाउनेमा राष्ट्रिसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० सांसद छन् । सांसदहरु रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी, बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटाको कार्यकाल ६ वर्षकै छ । त्यस्तै, सांसद नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल पनि पुरा कार्यकाल राष्ट्रिय सभामा रहने भाग्यमानी हुन् ।

त्यसबाहेक अब हुने निर्वाचनमा चयन हुने सदस्यको अवधि पनि ६ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार