चीन लागे गृहमन्त्री बादल !

२०७६ पुष २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा उनले चीनका जनसुरक्षा मन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने, चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । भ्रमण टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मालगायत छन् ।

नेपालमा अ प रा धि क गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक प क्रा उ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार