sajalsandesh

कांग्रेस विराटनगर सभापतिमा फेरी भीम पराजुली

विराटनगर – क्षेत्रगत समायोजन संगै नेपाली कांग्रेस विराटनगर महानगरको नगर सभापतिमा भीम पराजुली चयन भएका छन् । पराजुली बहालवाला निर्वाचित सभापति हुन् । दुइपटक सभापति भइसकेका उनी समायोजन पछिपनि नगरको सभापति भएका छन् । विद्यार्थी कालदेखि राजनितिमा होमिदै आएका पराजुली विराटनगर महानगरका मेयर समेत हुन् ।

शुक्रवार एक कार्यक्रमका बीच कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटको प्रमुख आतिथ्यता तथा कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि रुपेश कोइरालाको उपस्थितिमा नगर समितिलाई पूर्णता दिएको छ । यस्तै समायोजन भएका वडाहरुमा समेत वडा सभापति चयन गरिएको छ । वडा नं २ मा बुद्धीबहादुर कार्की, वडा नं ७ मा बिकास पराजुली र वडा नं १८ मा बसन्त राजबंशी चयन भएका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य शिवनारायण सिंह,कांग्रेस नेताहरु यदु बिष्ट,दिलिप पोखरेल,दिपक प्रसाद लोहनी ,इन्दिरा कार्की,बिनोद बस्नेत,शत्रुधनचन्द्र पौड्याल ,रामबावु पासवान,अरुण न्यौपाने,प्रकाश दाहाल,कृष्ण कार्की ,देबचन्द्र घिमिरे लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

ismt college
dish home