नारायणकाजी श्रेष्ठको उम्मेदवारी दर्ता

२०७६ पुष २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।

नेकपा प्रवक्ता श्रेष्ठले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारुढ नेकपाले गण्डकी प्रदेशबाट अन्यमा नेता श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।

नेकपा नेता श्रेष्ठले गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, नेकपा नेतृ भगवती न्यौपानले गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङको प्रस्ताव र पोखरा उपमहानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको समर्थनमा उम्मेदावरी दर्ता गराएकी छन् ।

राष्ट्रिय सभामा २ वर्षे कार्यकाल सकिएका १९ जना सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार